Public Pana
राष्ट्रियसभा सदस्यको निर्वाचनमा लुम्बिनी प्रदेशबाट ९८ प्रतिशत मतदान

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा दिउँसो १ बजे अगाडिसम्म ९८ प्रतिशत मतदान भएको छ ।

अब दश भोट मात्रै खस्न बाँकी रहेको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशसभा तर्फका दुई जना र स्थानीय तह तर्फका आठ जनाले मतदान गर्न बाँकी छ ।

घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा बिहान ९ बजेपछि मतदान सुरु भएको थियाे ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा कुल एकसय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरी कुल तीनसय पाँच जना मतदाता रहेका छन् ।

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update