Public Pana
राष्ट्रिय सभा निर्वाचन :  कर्णालीमा शतप्रतिशत मतदान

राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा शतप्रतिशत मतदान भएको छ।  बिहान ९ बजेबाट सुरु भएको मतदान सकिएको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

निर्वाचन कार्यालयका अनुसार  प्रदेशसभाका सभामुख नन्दा गुरुङले मात्रै मतदान गर्न बाँकी रहेकोमा उनले पनि मतदान गरेपछि शतप्रतिशत भएको निर्वाचन सहायक निर्वाचन अधिकृत उज्वल रावलले जानकारी दिए ।

उनका अनुसार त्यहाँ दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । नस अन्तर्गत गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख)ले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी दर्ता गराएका हुन् ।

मतभार नेकपा एमालेको भन्दा गठबन्धनको तीन गुणाले बढी छ ।

प्रदेशसभाका सदस्यहरूको मतभार सङ्ख्या दुई हजार १२० र पालिकाका जनप्रतिनिधिको दुई हजार ९६४ मतभार गरी जम्मा ५ हजार ८४ मतभार छ।
karnali_1706172101.jpg

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update