Public Pana
राष्ट्रिय सभा निर्वाचन : वागमतीमा  वालेनसहित अरु कसले नहाल्ने भए मत !

संघिय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको निर्वाचनमा मतदान धमाधम चलिरहेको छ । वागमती प्रदेशको राजधानी हेटौडामा मतदान अन्तिमतिर पुगेको  निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार मतदाता रहेका प्रदेशसभा सदस्य ११० जना मध्ये ९९ जनाले मतदान गरिसकेका छन् ।

त्यस्तै २३७ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २२९ जनाले पनि मतदान गरिसकेका छन् ।  निर्वाचन कार्यालयले विहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएकाले ३ बजेसम्म नै मतदानका लागि पर्खने अनि मात्र गणना शुरु हुने जनाएको छ। 
हालसम्मको अवस्था हेर्दा  काठमाडौ महानगरपालिका प्रमुख र अन्य दुई गाउँपालिका प्रमुख अनुपस्थित हुने देखिएको छ।

 त्यस्तै हाम्रो नेपाली पार्टीका दुई सांसदहरु पनि सहभागी नहुने जानकारी निर्वाचन कार्यालयलाई गराएका छन् । 
काठमाडौ महानगरपालिका मेयर वालेन शाहले आफू मतदानमा सहभागी नहुने सार्वजनिक घोषणा गरेका छन् भने नुवाकोटको किस्ताङ गाउँपालिकाका अध्यक्ष चेक बाउन्सको मुद्दा परेकाले उनी भने निर्वाचनमा सहभागी हुने छैनन । 

त्यस्तै काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा बिरामी भएकाले मतदानमा सहभागी नहुने जानकारी निर्वाचन कार्यालयलाई गराएका छन्  हाम्रो नेपाली पार्टीका २ सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी पनि मतदानमा सहभागी भएका छैनन् । यो सबै जोड्दा १६३ मतभार घट्ने भएको छ ।

बागमती प्रदेशका ४ सिटका  ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update