Public Pana
काठमाण्डौं मेयर बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय सभा निर्वाचन बहिस्कार गरेका छन् । 

कार्यव्यस्तताका कारण देखाउँदै मेयर बालेन हेटौडामा भइरहेको निर्वाचनमा सहभागी नभएका हुन । उनका स्वकीय सचिव भूपदेव शाहले कार्य व्यवस्तताका कारण राष्ट्रियसभा निर्वाचनमा मेयरसाव सहभागी हुन नपाएको दावी गरे ।

यद्यपी राष्ट्रियसभा निर्वाचनमा दलहरुबीच भएको भागबण्डाप्रति मेयर बालेन असन्तुष्ट रहेको स्रोतको दावी छ ।

संविधानको जुन परिकल्पनाले राष्ट्रियसभामा व्यक्तित्वहरु छानिनुपर्ने हो त्यो नभएपछि दलीय भागबण्डामा आफ्नालाई ल्याउने निर्वाचनमा सहभागी नहुनेवारे केही दिन अघि नै आफ्ना निकटवर्तीहरुसँग मेयर बालेनले धारणा सार्वजनिक गरेका थिए ।  

कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवार भएर मेयर भएकाले दलीय सिफारिसमा उम्मेदवार भएकाहरुलाई मतदान गर्नु स्वभावित नभएको उनकै सल्लाहकार टिमबाट सुझाव समेत आएपछि बालेनले राष्ट्रियसभा निर्वाचनमा अनुपस्थिति जनाएको स्रोतको दावी छ । 
महानगरकी उपप्रमुख सुनिता डंगोल भने मतदान गर्न हेटौंडा पुगेकी छन्। 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update