Public Pana
६१ किलो सुन प्रकरणमा ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश


६१ किलो सुन तस्करी प्रकरणमा उच्च अदालत पाटनले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै १२ जना भने हिरासतमै रहेका छन्। 

बुधबार न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हाे  भने १२ जनाको हकमा जिल्लाको आदेश सदर गरेको छ। 

उच्चले कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जनही एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। यादव पराजुली र सुदर्शन गौतमसँग समान २ लाखका दरले, गणेशप्रसाद पौडेल र विरेन्द्र नेपालीसँग पाँच पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ।
यस्तै दावा छिरिङ, थुप्तिन छिरिङ, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ र हर्कराज राईलाई थुनामा पठाउने जिल्लाको आदेश सदर गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update