Public Pana
विश्वकपमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित

आइसीसी यू१९ विश्वकप अन्तर्गत समूह डी को दोस्रो खेलमा पाकिस्तानले नेपाललाई हराएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा पाकिस्तानले नेपाललाई ५ विकेटले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ९८ रन पाकिस्तानले ४८ औं ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

पहिलो खेलमा अफगानिस्तानलाई हराएको पाकिस्तानले लगातार दोस्रो जितसँगै सुपर सिक्समा स्थान पक्का गर्यो । लगातार दोस्रो हार बेहोरेको नेपालको पनि सुपर सिक्समा अघि बढ्ने सम्भावना बाँकी छ । यसका लागि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

अर्धशतक पूरा गरेका अजान अवाइसले विजयी चौकाका साथ पाकिस्तानलाई लगातार दोस्रो जित दिलाए । उनले ८२ बलमा ६ चौकासहित ६३ रन जोडे । हरुन अर्शद १५ रनमा नटआउट रहे । उनले १८ बलको सामना गर्दै २ चौका प्रहार गरेका थिए ।

 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update