Public Pana
मेयर बालेनको प्रभाव, चन्द्रागिरी नगरपालिकाको फुटपाथ व्यवसायमाथी पनि प्रतिवन्ध

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले फुटपाथमा व्यवसाय गर्न प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै फुटपाथमा व्यवसाय नगर्न निर्देशन जारी गरेको हो। 

प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जारी गरेको सूचनामा सार्वजनिक सडकमा हुने अनधिकृत प्रयोगलाई रोक्न फुटपाथ/ ठेलागाडा पसल र अनधिकृत पार्किङ यथाशिघ्र हटाउन भनिएको छ ।

काठमाण्डौका मेयर बालेन साहले महानगरपालिकाभित्र फुटपाथ व्यवसायमा प्रतिबन्ध लगाएपछि धेरै स्थानिय तहले त्यसको सिको गर्दै आएका छन् ।

मेयरको कामको सिको गर्दै ललितपुर महानगरपालिकाले पनि विभिन्न स्थानमा फुटपाथ व्यवसाय गर्न रोक लगाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update