Public Pana
उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र पौडेल, तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन कामु उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्लेविरुद्ध विशेष अदालतमा बुधवार मुद्दा दायर गरेको हो ।

उनीहरुले भेरियबल फ्रिक्वेन्सी ड्राइभ खरिद गर्दा अनियमितता गरेको अख्तियारको आरोप छ । उनीहरुलाई भ्रष्टाचार कसुरमा हदैसम्मको कारवाहीको माग गरिएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update