Public Pana
ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ

जग्गा कित्ताकाट गरि पुर्जा दिने भनि साढे २ लाख घुस लिएका नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक र दुई लेखापढी व्यवसायी रङ्गेहात पक्राउ परेका छन् । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन जनालाई हिजो घुससहित पक्राउ गरेको हो । 
ललितपुरका नापी सर्भेक्षक रामवीर यादव, लेखापढी व्यवसायीहरू दिनेश बन्जरा र विनोद अधिकारी लाई सेवाग्राहीको काम गरेवापत घुस लिएको सुचनाको आधारमा रङ्गेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 
घुस मागेको सूचनापछि खटिएको अख्तियारको टोलीले उनीहरूलाई कार्यालय परिसरबाटै पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनीहरूले साथबाट २ लाख ५० हजार रुपैयाँ बरामद समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update