Public Pana
विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि आजदेखि थप कडाइ

अध्यागमन विभागले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका लागि बुधवारदेखि लागू हुनेगरी थप कडाइ गरेको छ।

विभागले वेभसाइटमार्फत ११ बुँदे यात्रा परामर्श जारी गरी आजदेखि ती भिसामा जानका लागि आवश्यक पर्ने कागजातहरूबारे जानकारी दिएको हो।

भिजिट भिसामा गएकाहरू ठगिने, नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश जाने क्रम बढेपछि अध्यागमनले यसलाई थप कडाइ गरेको हो।

अबदेखि भिजिट भिसामा जानेहरूले जानेहरूले दुईतर्फी हवाई टिकट बुझाउनुपर्ने भएको छ।  सम्बन्धित देशको भिसा वा अन-अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा चाहिनेछ। 

 विदेशमा गएर समयमै नफर्किई अवैध रूपमा काम गर्ने भेटिएको भन्दै अध्यागमन विभागले यसमा कडाइ गरेको हो। 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update