२२ गतेदेखि हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस
मन्त्रिपरिषद्कोले बैठकले आगामी माघ २२ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलकहाँ सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिइन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयगत छलफलपछि मन्त्रिपरिषद् बैठक राखेका थिए।
आगामी बजेट र नीति तथा कार्यक्रमबारे सिंहदरबारमा छलफलपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १६:३६
प्रतिक्रिया दिनुहोस्