Public Pana
स्टेजमा दुर्व्यवहार गर्न खोजिएको एलिना चौहानको गुनासो 

गायिका एलिना चौहानले स्टेजमा आफूमाथि दुर्व्यवहारको प्रयास भएको बताएकी छन् । 

आज मंगलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कुरा बताएकी हुन् । ‘थाहा छ कलाकारहरूले हरेक पाइलामा कति अपमान सहनु परेको हुन्छ ? अस्ति भर्खरै पोखराको एक कार्यक्रममा मलाई बोलाएर अर्को कार्यक्रममा जबर्जस्ती जा भनियो नत्र उहाँहरूले चाहेसम्म गाएको गाएकै गर्न निर्देश गरियो, हाम्रै संगीत क्षेत्रको अभिभावकले’ उनले लेखेकी छन्, ‘त्यसपछि अर्को कार्यक्रममा कार्यक्रम सकिएपछि स्टेजमै मदिराले टिल्ल भएका स्वयंसेवक आएर मलाई दुर्व्यवहार गर्न खोज्यो र मैले त्यसको तुरुन्त प्रतिकार गरे । यो आयोजकको गल्ती हैन र ? यस्ता कुरामा सजग हुनुपर्ने होइन  र ?’ 

एलिना पछिल्लो समय ब्रेकअपको खबरका कारण थप चर्चामा छिन् । 


आफ्नो इच्छाविरुद्ध ब्रेकअपको खबर सार्वजनिक भएको उनको गुनासो छ ।
f1706005613.jpg

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update