प्रशासनिक निर्णयका लागि मन्त्रिपरिषद् बैठक केहिबेरमा बस्दै
मन्त्रिपरिषद्को बैठक अहिले केहिबेरमा बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ ।
आजको बैठकले थप आवश्यक प्रशासनिक निर्णयसमेत गर्न सक्ने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ९, २०८० १४:५०
प्रतिक्रिया दिनुहोस्