Public Pana
भिजिट भिसा सम्बन्धी १७ बुँदे निर्देशिका खारेज

सरकारले भिजिट भिसा सम्बन्धी यसअघिको १७ बुँदे निर्देशिका खारेज गरेको छ । उक्त निर्देशिका खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे निर्देशिका जारी गरेको हो ।

यसअघिको निर्देशिकाको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि मन्त्रालयले नयाँ निर्देशिका बनाएर जारी गरेको हो ।

यो निर्देशिका बुधवारदेखि लागू हुनेछ । 

नयाँ निर्देशिकामा राहदानी, भिसा, टिकट, होटल बुकिङ वा आफन्तले स्पोन्सर गरेको कागजात, पाँच सय डलर र फर्किने स्वघोषणाको कागजात आवश्यक पर्ने छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update