Public Pana
प्रधानमन्त्री कप :  बागमतीले गण्डकीलाई दियो एक सय ९९ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनमा समेटियो ।

बागमतीका लागि आशुतोष घिरैयाले ४४ रन जोडे भने इशान पाण्डेले ४३ रन बनाए । त्यस्तै विपिन आचार्यले ३८ रन र अशोक पौडेलले ३० रन बनाए । सूर्य तामाङले १५ रन बनाउँदा कप्तान रीत गौतमले १३ रन बनाए ।

त्यसैगरी, गण्डकीका लागि कमल परियारले ४ विकेट लिए । यस्तै विपिन खत्री र अमृत गुरुङले समान दुई तथा सन्दीप पराजुलीले १ विकेट लिएका थिए ।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update