Public Pana
इंग्लिस प्रिमियर लिगमा ब्राइटन र उल्भ्सले खेले बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन र उल्भ्सले बराबरी खेलेका छन् ।

गएराति सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

खेलमा दुवै टोलीले केही राम्रा अवसरहरू पाए पनि गोल गर्न नसक्दा अङ्क बाँड्न बाध्य भए ।

यो बराबरीसँगै ब्राइटन २१ खेलबाट ३२ अङ्क जोडेर लिग तालिकाको सातौँ स्थानमा छ । यस्तै, २९ अङ्क जोडेको उल्भ्स ११औँ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update