Public Pana
नयाँ फिल्म ‘जिग्री’ फागुन ७ गते प्रदर्शनी हुने 

सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको चलचित्र ञजिग्रीझको तीन फरक पोस्टर सार्वजनिक गर्नुका साथै रिलिज मिति पनि घोषणा गरिएको छ ।

निर्माण टिमले एउटा आलु जस्तो, अर्को तामा जस्तो ट्यागलाइन राख्दै यो फिल्म फागुन ४ गते रिलिजमा आउने जानकारी गराएका हुन् ।

कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण रहेको ञजिग्रीझलाई आकाश मगरले निर्देशन गरेका हुन् । यो फिल्ममा कलाकारहरू अभय राज बराल, आकाश मगर, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ ।

ञजिग्रीझ काठमाडौंमा अनेकौं महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई युवाको कथा हो । ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौंमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य विषयवस्तु रहेको छ ।
वर्तमान समयमा आम नेपाली युवाहरूको परिश्रम अनुसारको आम्दानी नहुने अवस्था र त्यस अवस्थाले निम्त्याएका घटनाहरूलाई जिग्रीले कमेडी, क्राइम र एक्सन शैलीबाट दर्शक माझ देखाउन खोजेको छ ।

फिल्मका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । फिल्ममा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ ।


फिल्मको केही दिनमा नै टीजर सार्वजनिक गरिने छ । यो फिल्मको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update