Public Pana
टिचिङका नक्कली चिकित्सक पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । हिजो आईतबार उपत्यका अपराध अनुसन्धान कार्यालयले आफूलाई डाक्टर बताउने सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको हो ।

भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद भएको अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

उनले भारतबाट एमबीबीएस उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीको दाबी छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update