Public Pana
आइपीओको ओपनिङ रेन्ज घट्ने : स्टक एक्सचेन्ज

नेपाल स्टक एक्सचेन्जले ओपनिङ रेन्ज (सुरुवाती मूल्य) घटाउने तयारी गरेको छ । एक्सचेन्जले आइपीओको पहिलो कारोबारका लागि दिने गरेको सुरुवाती मूल्य घटाउने तयारी गरेको हो ।

बजारमा खराब वित्तीय अवस्था भएका कम्पनीले पनि आइपिओ जारी गर्ने र ती कम्पनीलाई तीन गुणासम्म ओपनिङ रेन्ज दिँदा केही समय सेयर मूल्य उचालिए पनि लगानीकर्ता जुनसुकै बेला फस्न सक्ने भन्दै ओपनिङ रेन्ज घटाउन सञ्चालक समितिलाई प्रस्ताव पेश गरेको नेप्से व्यवस्थापन समूहले जनाएको छ ।

विशेष गरी खराब वित्तीय अवस्था भएको सोनापुरको सेयर मूल्य उचालिएको विषयलाई लिएर नेप्सेको आलोचना भएपछि ओपनिङ रेन्ज घटाउन नेप्सेलाई दबाब परेको नेप्से स्रोतले बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update