Public Pana
भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा मोदीको प्रवेश 

भारतको अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम भइरहेको छ।

आज सोमबार बिहानैदेखि राममन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सुरु भएको थियो। 

उक्त कार्यक्रमका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि अयोध्यामा छन्।

प्राण प्रतिष्ठा कार्यक्रममा अन्य १४ जना जजमानसहित प्रधानमन्त्री मोदी सहभागी भएका छन् ।

उनी उक्त कार्यक्रमका लागि हातमा चाँदीको छाता लिएर श्रीराम जन्मभूमि मन्दिरको गर्भगृहमा छिरेको भारतिय समाचार संस्था एएनआईले जनाएको छ ।

मोदीसँग जजमानहरू पनि देखिएका छन्। मोदीसँग संघ प्रमुख मोहन भागवत, उत्तर प्रदेशका गभर्नर आनन्दी बेन र मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी छन्। 
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update