Public Pana
सिके राउत र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

जनमत पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत र नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनबीच भेटवार्ता भएको छ । 

पछिल्लो समय राजनीतिक भेटवार्ता बाक्लो बनाइरहेका राजदू्त थम्पसनले बुधबार अध्यक्ष राउतलाई भेटेका हुन् । 

नेपालका नयाँ जनादेश सरकार बन्ने चरणमा रहेका बेला सरकार समर्थक दलका अध्यक्ष राउतसँग भेटवार्ता गरेका राजदूत थम्पसनले दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update