Public Pana
काठमाडौँमा यस वर्षकै कम तापक्रम रेकर्ड

काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियस रेकर्ड गरिएको बताए ।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीले तल झरेको हो । आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ ।

उनका अनुसार आज बढी चिसो अनुभव भएको छ ।

उनले पारदर्शिता तीन हजार मिटर रहेको बताउँदै यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो ।

त्यसका कारण काठमाडौँमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update