
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै छ ।
नेपाल वायु सेवा निगमको जहाजमा देखा परेका समस्याका विषयमा छलफल गर्ने कार्यसूची रहेको सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।
बैठक बिहान ११ बजे बस्नेछ । खास गरी नेपाल एयरलायन्सका जहाजमा पछिल्लो समय समस्या देखाएर संचालन नगरिएको, आर्थिक लाभका लागि निगम अधिकारीले जहाजको इन्जिन नबनाएर भाडामा लगाई करौडौ घाटामा पुरयाएको गुनासो आएकाले त्यसवारे सम्बिन्धित मन्त्रालय र उच्च कर्मचारीसँग सोधपुछ गर्न लागिएको समितिले जनाएको छ ।
यसैगरीशिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दै छ । उक्त वैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्धवार्षिक प्रगति एवं पुँजीगत खर्चका विषयमा छलफल हुनेछ ।
मन्त्रालसँग सम्वन्धित गुनासा र समाधानका लागि भएका प्रयासको विषय पनि बैठकको कार्यसूची छ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।