Public Pana
यू–१९ विश्वकप: नेपाललाई न्यूजिल्याण्डले दियो ३०३ रनको विशाल लक्ष्य

दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकप प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले ३०३ रनको विशाल लक्ष्य पाएको छ। 

न्यूजिल्याण्डले मध्यक्रमका ब्याटर स्नेहित रेड्डीको उत्कृष्ट शतकीय पारीमा नेपाललाई ३०३ रनको लक्ष्य प्रस्तुत गरेको हो। 

टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०२ रनको विशाल स्कोर खडा गरेको हो। न्यूजिल्याण्डका लागि रेड्डीले १२५ बलको सामना गर्दै १४७ रनको उत्कष्ट पारी खेले। 

त्यस्तै कप्तान ओस्कर ज्याक्सनले ७५, ओपनर टम जोनसले ३३, ल्यूक वाटसनले १४ तथा एलेक्स थमसनले १३ रनको योगदान दिए। दुई ब्याटर भने शून्य रनमा आउट भए। 

नेपालका लागि सुवास भण्डारीले ३, गुलशन झाले २, दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक/एक विकेट लिए। 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update