Public Pana
न्युजिल्यान्डविरुद्ध नेपाललाई फेरी पनि सफलता

आइसीसी यू–१९ विश्वकपमा नेपालले न्युजिल्यान्डविरुद्ध तेस्रो सफलता हात पारेको छ। नेपालका लागि दिपेश कँडेलले न्युजिल्यान्डको तेस्रो विकेट लिएका हुन्।

कँडेलले १५ औँ ओभरको तेस्रो बलमा ओलभिर तेवातियालाई पवेलियनको बाटो देखाएका हुन्। तेवातिया शून्यमै आउट भए।

यसअघि तिलक भण्डारीले टम जोन्सलाई पवेलियनको बाटो देखाए। १४ औँ ओभरको पाचौं बलमा टमलाई ३३ रन बनाउँदा बोल्ड आउट गरे। 

यससँगै न्युजिल्यान्डको दुवै ओपनरसहित तीन ब्याटर आउट भएका छन्। पहिलो विकेटका लुक वाट्सन र टम जोन्सले ५३ रनको साझेदारी गरेका थिए। 

त्यसअघि सुवास भण्डारीले ओपनर लुक वाट्सन १०.१ ओभरमा २५ बलमा २ चौका हान्दै १४ रन बनाउँदा सुवासको बलमा बोल्ड आउट भए।

इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले १५ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ६९ रनमा खेलिरहेको छ। 

अहिले क्रिजमा कप्तान ओस्कार ज्याक्सन आएका छन्। उनीसँग स्रेहित रेड्डी क्रिजमा छन्।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update