नेप्से २५ अंकभन्दा बढीले गिरावट

वाणिज्य बैंकहरुको खराब वित्तिय विवरणको असर शेयर बजारमा देखिएको छ ।
नेप्से परिसुचक आईतबार २५.६३ अंकले घटेको छ । शेयर बजारमा एक तिहाइ हिस्सा ओगट्ने वाणिज्य बैंक उपसमूहको सूचक २ं.४२ प्रतिशतले घटेपछि नेप्से २१३०.१८ विन्दुमा झरेको हो ।
वाणिज्य बैंकहरुको आज आइतबार दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक समेत गरेका थिए ।
विवरण अनुसार २० मध्ये १६ बैंकको नाफा घटेको छ । पोहोर ६ महिनाको तुलनामा यसपालि ९.९४ प्रतिशतले खुद नाफा घटेको विवरण सार्वजनिक गरेपछि बैंकहरुको शेयर मूलय ओरालो लागेको हो ।
कूल कुल ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ रुपैयाँ बढीको कारोबार भएको छ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १६:००
प्रतिक्रिया दिनुहोस्