Public Pana
चितवनको बाघमारामा पर्यटक रमाउँदै (तस्बिरहरू)

चितवनको सौराहास्थित बाघमारामा दैनिकै जस्तो पर्यटहरु जाने गर्दछन् ।

जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू हात्ती चढेर जङ्गलमा सफारी गर्न, डुङ्गामा सेयर गरी मनोरञ्जन गर्न र बाघमारामा हात्तीसँग रमाउन जाने गर्छन् ।

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाउँ छ । नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि यसलाई मान्ने गरिन्छ ।

निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहाको बाघमारामा रहेको सानो बुढी राप्ती खोलामा हात्तीलाई सरसफाइ गर्दै गरेका माउतेहरूका तस्बिर पनि यहाँ समावेश गरिएका छन् ।

11705824172.jpg

31705824156.jpg

21705824133.jpg

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update