Public Pana
हिंसा : स्थापना दिवसका अवसरमा मणिपुर राज्यलाई मोदीले दिए बधाई

हिंसा प्रभावित मणिपुरको स्थापना दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। 

मोदीले विगत आठ महिनादेखि हिंसाबाट प्रभावित भएर सयौँले ज्यान गुमाइसकेको मणिपुरको स्थापना दिवसका अवसरमा आइतबार बधाई दिएका हुन्। 

उनले मेघालयको स्थापना दिवसको पनि शुभकामना दिएका छन्। 

सामाजिक सञ्जाल एक्सको ह्यान्डलमा ट्विट गर्दै उनले भारतको प्रगतिमा मणिपुरको अहम् योगदान रहेको बताएका छन्। 
‘मणिपुरको स्थापना दिवसमा राज्यका तमाम बासिन्दालाई बधाई अनि शुभकामना! मणिपुरले भारतको प्रगतिमा अहम योगदान दिएको छ’, उनले भनेका छन्। 

उनले मणिपुरको संस्कृति र परम्परामाथि आफूहरूलाई गर्व रहेको बताए। ’हामीलाई राज्यको संस्कृति र परम्परामा गर्व छ।

मणिपुरको निरन्तर विकासका लागि प्रार्थना गर्छु’, उनले भनेका छन्।

विपक्षी दलका नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको हिंसालाई लिएर मौनता साँधेको भन्दै आलोचना गरिरहेका छन्।

गत मेयता हिंसा मच्चिरहँदा मोदी एक पटक पनि मणिपुर नगएको भन्दै विपक्षीहरूले आक्रमण गरिरहेका छन्। 
यस्तोमा मणिपुरबारे प्रधानमन्त्रीको ट्वीटलाई लिए विपक्षीहरूको धारणा आउन बाँकी छ।

प्रधानमन्त्री मोदीले मेघालयलाई पनि राज्य स्थापना दिवसको शुभकामना दिएका छन्। 

‘मेघालयका जनतालाई राज्य स्थापना दिवसको शुभकामना! आज मेघालयको अविश्वसनीय संस्कृति र उहाँका जनताको उपलब्धिको उत्सव मनाउने अवसर हो। आउने समयमा मेघालयले प्रगतिको नयाँ उचाइ छुनेछ।’

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update