Public Pana
छानविनमा रहेका जिल्ला न्यायाधीश भट्टराईले वुझाए राजिनामा 
फाइल तस्बिर

छानविनमा तानिएका जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले  राजीनामा वुझाएका छन् ।

न्यायाधीश भट्टराईले  प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई आफ्नो राजिनामा वुझाएका हुन् ।

प्रधानन्यायाधीशको सचिवालयका अनुसार डा भट्टराईले माघ ५ गते शुक्रवार आफ्नो राजीनामा बुझाएका थिए ।

लामो समयदेखि न्याय परिषद्मा तानिएका जिल्ला न्यायाधीश भट्टराईले अन्ततः राजीनामा दिएका हुन् ।

आफूमाथिको छानबिन पनि नसकिएको र जिम्मेवारी पनि नतोकिएको भन्दै न्यायाधीश डा.भट्टराईले शुक्रवार न्याय परिषद्मार्फत प्रधान न्यायाधीशसमक्ष राजीनामा बुझाएका हुन् ।

। केही समयअघि उनीसहित अन्य दुई न्यायाधीशमाथि छानविनका लागि समिति गठन भएको थियो । उक्त समितिले प्रतिवेदन तयार गरिरहेको थियो । समितिको प्रतिवेदनपछि उनलाई पदवाट हटाउने देखेपछि उनले राजिनामा वुझाएको स्रोतको दावी छ।

paesu ram1705822330.png

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update