Public Pana
प्रभु बैंक :  मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ 

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा बैंकले ८६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा भने ५.७७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा १.९८ प्रतिशतबाट बढेर ४.९० प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ ऋणात्मक रहको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ २ पैसा रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update