Public Pana
वैदेशिक व्यापारमा झण्डै ७ खर्ब नेपालको घाटा - भन्सार विभाग
फाइल तस्बिर

चालू आर्थिक वर्षको पुससम्म नेपालको आयात, निर्यात र व्यापार घटेको छ। 
आयात ३.०९ प्रतिशतले, निर्यात ७.२३ प्रतिशतले र वैदेशिक व्यापार ३.४७ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।
नेपालको व्यापारघाटा पनि २.६२ प्रतिशतले घटेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा नेपालले ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। त्यस्तै ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात र वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यसअनुसार व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँ छ। 

योसँगै कुल व्यापारमा निर्यातको हिस्सा ३.८९ प्रतिशतले ऋणात्मक छ भने आयातको हिस्सा ०.४० प्रतिशत छ। आयात र निर्यात अनुपात भने ४.४६ प्रतिशत रहेको विभागले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update