Public Pana
हिउँदे संसदअघि सभापतिहरूसँग सभामुख घिमिरेको छलफल

संघीय प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन्। 

सिहदरबारस्थित कार्यकक्षमा १० वटा समितिका सभापतिहरुसँग सभामुखले करिब १ घण्टादेखि छलफल गरिरहेका छन्।

समितिमा रहेका विधेयकहरुको अवस्थालगायतका विषयमा सभामुख घिमिरेले छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ।

संसदको हिउँदे अधिवेशन बोलाउने तयारी भइरहँदा त्यसलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गरेका हुन्।

सरकारले संसदको हिउँदे अधिवेशन बोलाउनै बाँकी छ।
 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update