Public Pana
रुसी सेनामा भर्ति भएका नेपालीलाई फर्काउन रुसले मानेन : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन सरकारले गरेको आग्रहलाई रुसले अस्वीकार गरेको बताएका छन् । 
युगाण्डाबाट आइतवार बिहान स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्न कुटनीतिक तवरबाट निकै प्रयास गरेपनि रुसले नमानेको प्रतिक्रिया दिए । 

रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको छ प्रधानमन्त्री प्रचण्डले भने परराष्ट्रमन्त्रीले कुटनीतिक पहल जारी राख्नुभएको छ तर रुसले भन्ने बित्तिकै मान्ने अवस्था रहने ।

स्रोतका अनुसार सरकारले पठाएको कुटनीतिक नोटलाई रुसले वेवास्ता गरेपछि सरकार तत्काल रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन नसक्ने निष्कर्षमा पुगेको छ । सरकारले पहल नगरेको भन्दै आलोचना समेत भइरहेका बेला प्रधानमन्त्री दाहालले रुसी सेनामा नेपालीलाई सरकारले नपठाएको भन्दै पन्छिन खोजे । 

जागिर खाने नाममा जहाँ पायो त्यहीँ जान हुँदैन भन्ने कुरामा जनचेतना फैलाउन मिडियाहरुले भूमिका खुल्नुपर्ने भन्दै तत्काल सरकारको पहलबाट ठोस नतिजा आइहाल्ने अवस्था नरहेको प्रधानमन्त्रीको संकेत थियो । 
विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपालीलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको भन्दै प्रधानमन्त्री दाहालले जागिर खाने नाममा देशको कानुनलाई नै बर्खिलाप नगर्न आह्वान गरे । 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update