Public Pana
प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कदै

 युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै छन्। असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भई उनी  आज काठमाडौँ फर्कनु हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

गत माघ ४ गते युगान्डाको कम्पालामा आयोजित सम्मेलनमा भाग लिन उहाँ नेपाली टोली सहित  प्रस्ठान गरेका थिए । प्रधानमन्त्री दाहाल राति २ः४५ बजे कतार एयरवेजबाट दोहा पुगेका थिए । दोहाबाट नेपाल फर्किन लागेका  प्रधानमन्त्री  बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सचिवालयले जनाएकाे छ । 

प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू सहभागी छन्  । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update