Public Pana
यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै

यु-१९  विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल न्युजिल्यान्डसँग खेल्दै छ। खेल आज दिउँसो पौने २ बजे हुनेछ।

यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।

यू-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो। यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।

नेपाल र न्युजिल्यान्डबीच सन् २००६ को विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा भएको थियो।

श्रीलंकमा भएको सो विश्वकपमा नेपाल र न्युजिल्यान्डको युवा टिमले प्लेट च्याम्पियनको फाइनलमा प्रतिस्पर्धा गरेका थिए। समूह चरणमा पराजित हुने टिमबीच हुने यो फाइनलमा नेपालले जित निकालेर इतिहास रचेको थियो।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update