Public Pana

नेपालमा म्युजिक भिडियोको निर्माणमा कमि आएको गुनासो बढिरहेको छ । सार्वजनिक भएका म्युजिक भिडियोले समेत यूट्युबमा खासै भ्यूज पाउन नसकिरहेको अवस्था छ । अर्कोतिर भिडियोको निर्माण निकै खर्चिलो हुन थालेपछि श्रष्टाहरु यसमा लगानी गर्न हच्किन थालेका हुन् ।

यसैबीच, हालै सार्वजनिक एउटा गीतले आफ्नो पहुँच बढाउने नयाँ उपाय निकालेको छ । गायक एसडी योगी र गायिका शान्ति श्री परियारको स्वरमा रहेको गीत ‘हे नीर’ धेरै भन्दा धेरै दर्शक तथा स्रोताले हेरुन् भन्ने उद्देश्यले यो उपाय अपनाइएको हो ।

रविन स्वप्निल गिरीको शब्द, एसडी योगीको संगीत, रिकेश गुरुङ ‘किज’ को संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्मासँगै कार्टुन क्रु जेनेरेसन फिचर्ड छन् ।

सरोज र आश्माको कोरियोग्राफी, सुरोज अधिकारीको सम्पादन, पवन सुस्लिङ राईको छायांकन रहेको यो भिडियोमा प्रतिक्रिया दिने मध्येबाट उत्कृष्ट दुई प्रतिक्रिया छनोट गरि एक्सपर्ट टेलिकमको तर्फबाट दुई वटा स्मार्टफोन उपहार दिइने घोषणा गरिएको हो । पुरस्कार जित्नका लागि दर्शकले यो भिडियो हेरेर गहन शैलीको प्रतिक्रिया दिनु पर्नेछ ।

भिडियोमा यूवा–यूवतीबिचको प्रेम, पारिवारिक अवरोधको कथालाई देखाइएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update