Public Pana
सञ्चारकर्मीको टोली मैत्रीपूर्ण फुटबलमा विजयी

सशस्त्र प्रहरी बल नेपालको २३ औँ स्थापना दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा सञ्चारकर्मीको टोली विजयी भएको छ ।
बलको प्रधान कार्यालय हलचोक परिसरमा भएको खेलमा सञ्चारकर्मीको समूहले सशस्त्र प्रहरी बललाई एकका  विरुद्ध दुई  गोलले पराजित गरी विजयी भएको हो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले विजयी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरे ।

यसअघि नेपाली सेना र नेपाल प्रहरीसँग पनि सञ्चारकर्मीको समूहले मैत्रीपूर्ण फुटबल खेलेको थियो । सशस्त्र प्रहरीले यही माघ ९ गते  विभिन्न कार्यक्रम गरी २३ औं स्थापना दिवस मनाउँदैछ । 

सशस्त्र प्रहरीले  सीमा सुरक्षा, दंगा नियन्त्रण, दैवी प्रकोप एवम् विपद् व्यवस्थापनमा उद्धार र राहत तथा राजश्व संकलनको समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । करिव ३७ हजार जनशक्ति रहेको सशस्त्र प्रहरी बलको महानिरीक्षकमा हाल अर्याल छन्।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update