Public Pana
 हेल्प नेपालको कब्जामा टाइगर कप पुरुषतर्फको उपाधि

टाइगर गु्रप अफ पोखराको आयोजनामा पोखरामा भएको चौथो टाइगर कप (पुरुष)को उपाधि हेल्प नेपाल स्पोर्ट्स क्लबले जितेको छ ।

आज शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकीलाई ३–१ को सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले पहिलो र दोस्रो सेटमा क्रमशः २५–१३ र २५–१८ ले जित्यो । तेस्रो सेट गण्डकीले २५–२३ ले जितेर पुनरागमन आशा जीवित राखे पनि चौंथो सेट पुनः हेल्प नेपालले २५–१७ ले जित्यो ।

पहिलो पटक उपाधि जितेको हेल्प नेपालले ३ जना पाकिस्तानका राष्ट्रिय खेलाडी समावेश गरेको थियो । हेल्प नेपालले उपाधिसँगै ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

त्यस्तै, उपविजेता बनेको गण्डकी प्रदेशले २ लाख ५५ हजार ५५५ रुपैयाँ पाएको छ । गण्डकी प्रदेशले ३ जना भारतीय खेलाडी सहभागी गराएको थियो ।

यसअघि शनिबार नै भएको महिलातर्फको फाइनल खेलमा विभागीय टिम एपीएफले जित्दै उपाधिमा ह्याट्रिक गरेको छ ।एपीएफले न्यूडायमन्ड क्लबलाई सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो पटक विजेता बनेको हो ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update