
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।
यस्तै अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ६१ पैसा र बिक्री दर १३३ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४० पैसा र बिक्री दर १४५ रुपैयाँ ५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३८ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ३६ पैसा र बिक्री दर ३५ रुपैयाँ ५२ पैसा कायम गरिएको छ। मलेसियन रिंगिट भने १ को खरिद दर २८ रुपैयाँ ११ पैसा र बिक्री दर २८ रुपैयाँ २४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।