Public Pana
कतै पानी नपर्ने, धेरै स्थानमा हिमपातको सम्भावना

हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज शनिबार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

राति कोशी,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

आज विहान ६ बजेर ५५ मिनेटमा सुर्योदय हुनेछ भने साँझ ५ बजेर ३४ मिनेटमा सुर्यास्त हुने महाशाखाको तत्थ्यांक छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update