Public Pana
प्रधानमन्त्री दाहाल र भारतीय विदेशमन्त्री जयशंकरबीच कम्पालामा भेट

 प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका विदेशमन्त्री एस. जयशंकरसँग कम्पालामा भेटवार्ता गरेका छन् । 

युगान्डाको राजधानी कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान (नाम) का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन पुगेका प्रधानमन्त्री दाहाल र विदेशमन्त्री जयशंकरबीच शुक्रबार भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका अधिकारीले जनाएका छन् ।

‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नाराका साथ नामको १९ औं शिखर सम्मेलन सुरु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update