
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन्।
आज शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन्।
भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ।
आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र रोजगारीमा केन्द्रीत हुने बताए।
उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए।
विश्व बैंक लगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यबाद समेत दिए।