Public Pana
बाबुराम र रवि एक भए खुला मञ्चलाई फुटबल मैदान बनाउन नदिन

काठमाडौंको खुला मञ्चलाई फुटबल मैदान बनाउने महानगरपालिकाको तयारीविरुद्ध प्रदर्शन भएको छ।

‘अकुपाइ टुँडिखेल’ले खुलामञ्चलाई खुलै रहनदिन खुलामञ्चमा प्रदर्शन गरेको हो।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछानेलगायतले प्लेकार्ड प्रदर्शन गर्दै खुला मञ्चमा उभिएका छन्।

दबाबपछि डा. भट्टराईले खुलामञ्च ‘पंचायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल’ रहेको बताउँदै यसलाई खुलै रहनदिन माग गरेका छन्।

‘बरू खुलामककचलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाऊकक!’ उनले लेखेका छन्, ‘जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ। हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन।’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले खुलामञ्चलाई फुटबल मैदान बनाउन छलफल थालेपछि त्यसको विरोध भएको छ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update