Public Pana
असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु

असंलग्न आन्दोलनको शिखर सम्मेलन युगान्डाको कम्पालामा सुरु भएको छ ।

जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज सम्बोधन गर्दै छन् । दाहालले ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयक सम्मेलनको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनको उद्घाटन समारोहमा अजरबैजानले युगान्डालाई अध्यक्षता हस्तान्तरण गरेको छ ।

यसअघि प्रधानमन्त्री दाहालले कम्पालामा नेपाली समुदायसँग पनि अन्तर्क्रिरया गरेका थिए । त्यस अवसरमा उनले विदेशमा रहेका नेपालीका समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने बताएका थिए । उनले हरेक नेपालीले देशको प्रतिष्ठा बढाउने गरी काम गर्नुपर्नेमा पनि जोडदिए । युगान्डामा तीन सयभन्दा बढी नेपाली छन् ।

सम्मेलनका लागि परराष्ट्रमन्त्री एनपी साउद, सचिव सेवा लम्साललगायत पनि युगान्डामै छन् । प्रधानमन्त्री दाहालले सम्मेलनकै क्रममा सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update