ललितपुरस्थित ग्वार्को फ्लाइ ओभरको काम अहिले धमाधम भइरहेको छ । निर्माण सुरु भएको झन्डै एक वर्षपछि फ्लाइ ओभरको डिजाइनमा समस्या रहेको भन्दै केही समयअघि काम रोकिएको थियो ।
करिब ६ महिनाअघि डिजाइन सच्याएर निर्माण सुरु गरिएको फ्लाइ ओभरको काम अहिले तीव्रताका साथ अघि बढिरहेको हो ।
गत वर्ष माघबाट निर्माण सुरु हुने भनिएको भए पनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो । निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेपछि फ्लाइ ओभरको निर्माण कार्य सुरु भएको थियो ।
अहिले ग्वार्कोस्थित मेन चोकमा पिलर उठाउने काम भइरहेको छ । निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाईओभरको लागि वीएन्डवी अस्पतालबाट बालकुमारीसम्म -याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ ।
कम्पनीले एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना बनाएको छ। फ्लाइओभरको लम्बाई कुल ४ सय ९० मिटर हुने छ । निर्माण कम्पनीले इपीसि मोडेलमा ठेक्का लगाएको हो ।
बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो ¥याम र सातदोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको ¥याम निर्माण गरिँदैछ भने यसको उचाइ ६ मिटरको हुनेछ । हाल ८ लेनमध्ये ४ लेनलाई उठाएर रिङ रोडमा फ्लाइओभर निर्माण गरिँदैछ । यो फ्लाइ ओभरले रिङरोडको जाम हटाउन सहयोग पु-याउने छ ।
जसअनुसार सो फ्लाइओभरले कलङ्की–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभर पासको सडक खण्डबाट गुड्ने छन् । फ्लाइ ओभर निर्माणको लागत कुल १७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
फ्लाइ ओभरको काम अहिले धमाधम भइरहेकाले सर्वसाधारणमा खुशीपन आएको छ ।