Public Pana
सैनिक प्रदर्शनी : ट्रकमा राखेर जंगीअड्डा लगियो सैनिक हेलिकोप्टर

नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि जंगीअड्डामा राख्नका लागि ट्रकमा राखेर जंगीअड्डामा हेलिकोप्टर लगिएको छ ।
९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डासम्म लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

उनका अनुसार, नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रर्दशनी वर्षेनि गर्दै आएको छ । ‘चलिरहेको हेलिकोप्टर नै ल्याउने कि भन्ने थियो, तर बीचमा तत्काल केही समस्या परेर कतै लानु प¥यो भने प्रदर्शनीस्थलबाट निकाल्न गाह्रो हुने भएकाले मर्मतमा रहेको हेलिकोप्टर लगिएको हो’, भण्डारीले भने, ‘कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ ।’
प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ ।
‘उद्घाटन २ बजे हुँदैछ, अरु दिन १० देखि ५ बजेसम्म कार्यक्रम हुनेछ’, भण्डारीले भने ।

जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् ।
त्यही क्रममा सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान गतिविधि झल्कने स्टलसहित फोटो तथा युनिट विशेष प्रदर्शनी गर्न लागिएको हो ।

प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update