Public Pana
गायक तथा संगीतकार योगेश वैद्यप्रति श्रद्धाञ्जली : आजै अत्यष्टि गरिने

गायक तथा संगीतकार योगेश वैद्यलाई संगीतकर्मीले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको थियो ।

शवमा पुष्पगुच्छा अर्पण गर्दै संगीतकर्मीले नेपाली संगीतमा वैद्यले पु-याएको योगदानको स्मरण गरे । वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, संगीतकारहरु चेतन सापकोटा, बसन्त सापकोटा, महेश खड्का, मिलन मोक्तान लगायतले फूलमाला समर्पण गरेर वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरे । नेपाल संगीतकार संघले श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो ।
७७ वर्षीय गायक तथा संगीतकार वैद्यको हिजो बिहीबार राति साढे १२ बजे काठमाडौंको सुन्धारास्थित भ्याली अस्पतालमा निधन हो । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

उनका ‘सपना भुलाई सारा’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ लगायत गीत लोकप्रिय छन् । उनले नेपाल भाषाका गीतसमेत गाएका छन् ।

वैद्यको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update