Public Pana
प्रधानमन्त्री कप बागमती प्रदेशका आशुतोष घिरैयाको शतक

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा वागमती प्रदेशका आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् ।

शतक हान्ने क्रममा आशुतोषले ९९ बलमा १३ चौका र २ छक्का प्रहार गरे ।


उनलाई साथ दिएका रित गौतम ४९ रनमा आउट भए ।


प्रतियोगितामा यो पाँचौ शतक हो । यसअघि पुलिसका रासिद खान, एपीएफका सन्दीप जोरा, आर्मीका बिनोद भण्डारी र कोशी प्रदेशका सुजन थपलियाले शतक हानेका थिए ।


टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले २६ ओभरमा २ विकेट गुमाउँदै १७३ रन बनाएको छ ।


कोशीका लागि पहिलो विकेट कमल खत्रीले लिए । कोशी सुरुवाती चारै खेलमा पराजित छ । बागमतीले चार मध्य दुई खेल जितेको छ । पछिल्ला दुई खेलमा बागमतीले मधेश प्रदेश र त्रिभुवन आर्मी क्लबलाई हराएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update