Public Pana
हुन्डी र सुन करोबारको आरोप ब्यापारीकाे घरमा छापा, दुई करोड नगद सहित   पक्राउ,

हुन्डी र सुन कारोबारको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ। विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको हो।

अग्रवालबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ। अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागले जनाएको छ। 

 

अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update