Public Pana
फागुनमा  विवाहकाे तयारीमा रहेकी  वक्सिङ  खेलाडी   मृत भेटिइन्

भक्तपुरमा एक जना बक्सिङ खेलाडी मृत भेटिएकी छिन्।  सशस्त्र प्रहरी बलको जवान पदमा समेत कार्यरत रहेकी नीता गोसाईं दुई दिनअघि मृत फेला परेकी हुन्। 

मंगलबार साँझ ८ बजेतिर उनी आफ्नै घरको तेस्रो तलाको छतमा रहेको डण्डीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। २७ वर्षीया गोसाईं मृत अवस्थामा भेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए।  

 

परिवारका सदस्यले आत्महत्या दुरुत्साहनको जाहेरी समेत दिएकाले एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए। पक्राउ परेकाको विवरण प्रहरीले खुलाएको छैन। 

गोसाईंले सशस्त्रको क्लबबाट घरेलु प्रतियोगिताहरु समेत खेल्दै आएकी थिइन्। पारिवारिक स्रोतका अनुसार गोसाईंले आगामी फागुन २ गते विवाह गर्ने तयारी समेत गरेकी थिइन्।

 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update